resham chaudhari

सरकारसँग वार्ता गर्न रेशम चौधरीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन


धनगढी । टीकापुर घटना मुद्दामा दोषी ठहरिएका रेशम चौधरी रिहाइ र मुद्दा फिर्ताबारे वार्ताका गर्न थरुहट थारुवान राष्ट्रिय मोर्चाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । मुद्दा फिर्ताका विषयमा सरकार सकारात्मक देखिएपछि वार्ता गर्नका ६ सदस्यीय कार्यदल गठन गरिएको थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए ।

टीकापुर घटनामा दोषी ठहर भइ अर्धभूमिगत रहेका थरुहट नेताहरु र बन्दीका परिवारको संयुक्त भेलाले सरकारसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको हो । टोलीको संयोजकमा रेशम चौधरी नै रहेका शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

वार्ता टोलीको सदस्यहरुमा अर्धभूमिगत रहेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनीराम चौधरी रहेका छन् । यसैगरी, बन्दीका परिवारकोतर्फबाट बिना चौधरी र यमुना चौधरी वार्ताको टोली सदस्यमा रहेका पत्रकार सम्मेलनमा जनाइएको छ ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) ले रेशम रिहाइको माग गर्दै सरकारसँग वार्ता गरेको थियो । उक्त वार्ता सकारात्मक भएको र सरकारले मुद्दा फिर्ताको प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।


Loading comments...