reduce fat

तौल घटाउने खानेकुराहरु


धेरै जनाको गुनासो छ कि मेरो मोटोपना केही गर्दा पनि घटेन, लौ न के खाने हो या नखाने हो भन्ने प्रश्न पनि धेरैको रहन्छ । बास्तविकता त के हो भनें हाम्रै घर खेतमा उब्जने अनि सहजै किन्न पाउने केही यस्ता सरल खानेकुराहरु छन् जसले हामीलाई तौल घटाउन सहयोग गर्दछन् ।

आउनुहोस हामीले धेरै कम सुनेका तर महत्वपूर्ण न्यूट्रियन्टका कुरा गरौं जसको कारणले हामीलाई तौल घटाउन सहयोग हुन्छ र यी तत्वहरु कुन कुन खाने कुरामा पाइन्छ बारे पनि चर्चा गरौं न ।

१. क्रोमियम
यस तत्वका कारणले आहार सन्तुलित हुने मात्र नभई रगतमा सुगरको मात्रा पनि कम र सन्तुलनमा राख्दछ । यसले भोक लाग्ने क्रम कम गराउने अनि खानकी पनि प्राकृतिक रुपमै कम गराँउछ । यो क्रोमियम ब्रोकाउली, जौ, ओट, टमाटर र हरियो केराउमा पाइन्छ । मरिचको धुलोमा पनि यो क्रोमियम धेरै पाइन्छ, यसरी क्रोमियमको सन्तुलित सेवन गरेमा आहार घट्ने र साथै तौल पनि घट्ने गर्दछ । तर माथि उल्लेखित कुराहरु चाहिएको मात्रा भन्दा धेरै खाने भनें नगर्नुहोला है ।

२. आर्गिनिन
खानामा प्रोटीन मार्फत पाउने २० वटा एमीनो एसिडमा यो आर्गिनिन पनि पर्दछ । पर्याप्त आर्गिनिन नभएको डाइटले तौल बढाउने अनि घटाउन समय लगाउने गर्दछ ।
यसले हाम्रो शरीरमा भएको अत्याधिक बोसो घटाउने अनि मेटाबोलीज्म प्रक्रियालाई थप सुद्धृढ बनाउने गर्दछ । यस तत्वको कम भएमा कपाल झर्ने, छालामा दागहरु आउने र घाउहरु ढिलो निको हुने गर्दछ । यस तत्व फर्सिको बिँया, कुखुराको मासु, केराउ, स्प्रीनुला जस्ता कुरामा पाइन्छ । यसको पर्याप्त सेवनले थकानको महसुस कम गराँउछ ।

३. म्याग्नेसियम
यो मीनरल अत्यन्त धेरै माग अनि चर्चामा भएको मीनरल हो । यसका कारण्लो शरीरमा भएको बोसो पगाल्ने क्रमलाई थप क्रियाशीलता दिने गर्दछ । यसको कमी भएमा दिर्घकालिन शरीर दुखाई, आँखामा दाग, कब्जियत लगायतका कुराहरु हुने गर्दछन् ।
हाडेबदाम, ओखर लगायतका कुराहरुमा यि तत्व प्रचुर मात्रामा पाइन्छ । फर्सिका दाना, सूर्यमुखि फुलका दाना, माछा लगायतका कुरामा यो तत्व पाइन्छ ।

४. कोलिन
यो पानीमा घुल्न सक्ने भिटामिन हो । यसका कारणले तौल घटाउन सहज र सरल हुन्छ । यस भिटामिनको कमी भएमा लिभरमा बोसो जम्ने समस्या हुन्छ । यसको कमीले मांश्पेशीमा पनि समस्या आँउछ । अण्डा, पर्सिका बियाँ, साल्मन माछा, ब्रोकोली र कोभीमा यी कुराहरु पाइन्छ ।

५. लीउसीन
यो एउटा जरुरी एमिनो एसिड हो । यसले प्रोटीनलाई थप केन्द्रिकृत गर्न सहयोग गर्दछ । यस तत्वका कारणले तौल कम गर्न सहयोग गर्दछ । चीज, सोया, माछा र डेरी उत्पादनमा यो तत्व प्रश्स्त पाइन्छ । यस तत्वले कलेजोको स्वास्थ पनि सुदृढ गराँउदछ ।

ल है माथि उल्लेखित तत्वहरुले तौल घटाउने मार्गमा अघि बढ्न सकिनेछ । सुस्वास्थ र दिर्घायूको शुभकामना ।


Loading comments...