Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

१३ चैत्र २०७७, शुक्रबार २२:१८


काठमाण्डौ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको 8 लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ।

निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ। चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले बताएको छ।

चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्ने छ।

स्मरण रहोस नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ। यद्यपिचिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हो। सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन।

यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या