
यस होलीमा बिदेशमा बसेर स्वदेशमा माया बाँढ्नुहोस्
१४ चैत्र २०७७, शनिबार १०:१६
यूएईमा बस्ने सुन्दर लिम्बुकी पत्नी नेपालमा बस्नुहुन्छ । श्रीमानले आफूलाई थाहै नदिईकन एक्कासी घरमा गिफ्ट आइपुग्दा अचम्म अनि उत्साहले सिमा नाघेको वहाँले बताउनुभयो ।
नेपालीहरु कामका सिलसिलामा विश्वभरि अनेक ठाँउमा फैलिएका छन् र फेरि नेपालीजनको थलो कुनै न कुनै रुपमा नेपालसंग गाँसिएकै छ । विदेशमा रहेर पनि नेपालमा विशेष अवसरमा आफूले रोजेर आफ्ना आफन्त र साथीभाईलाई उपहार पठाउन मिल्ने भएपछि आफ्नो माया र स्नेह देखाउन सहज भएको बृन्दा खड्का बताउनुहुन्छ ।
बृन्दा अमेरिकामा बस्नुहुन्छ र समयसमयमा आफ्ना नेपाल बस्ने बुवाआमाका लागि उपहारहरु पठाउनुहुन्छ । उपहारहरु मात्र नभई वहाँहरुलाई चाहिने कुराहरु एउटा छोरी भएका नाताले आँफैले छानेर डेलीभर गर्न सक्ने भएकाले आफू ढुक्क भएको बृन्दाको भनाई छ ।
यसरी स्वदेशमा रहेका आफन्तजनलाई चाहेको समयमा आवश्यक कुराहरु र उपहारहरु पठाउनका लागि gifts.hamropatro.com को प्रयोगकर्ताहरुको समुह बढ्दो छ ।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको र नेपालीजनले धेरै रुचाएका मोबाइल एप्स हाम्रो पात्रोले भर्खरै १ करोड डाउनलोड्सको सिमा टेकेको छ ।
एक करोड नेपालीको साझा डिजीटल थलो हाम्रो पात्रो नेपालीजनको जीवनयाप सरल बनाउन आफ्ना फिचरहरु मार्फत तल्लीन छ । यिनै फिचरहरु मध्य एउटा फिचर हो gifts.hamropatro.com
पछिल्लो महिनामात्रै हाम्रो गिफ्टसमार्फत १००० भन्दा बढि प्रयोगकर्ताहरुले बिदेशका बिभिन्न देशहरु मार्फत स्वदेशमा रहेका आफन्तजनलाई उपहारहरु पठाउनुभएको छ ।
विशेषतः चाडपर्व, तिथिमिति, जन्मदिन लगायतका दिनहरुमा धेरै अर्डर आउने हाम्रो गिफ्टस की संयोजक सुजाता गौतमले बताइन । अझ हाम्रो गिफ्टसमा विशेष दिनहरुमा उक्त दिनमा चाहिने सामानहरुको कम्वो पनि ब्यबस्था गरिने उनले बताएकी छिन् ।
विश्वभरि छरिएर रहेका सबै नेपालीजनको साझा डिजीटल थलो, मोबाइल एप्स हाम्रो पात्रोले शंखनाद गरेको यस gifts.hamropatro.com ले स्वदेश र विदेशमा रहेका परिवार र मित्रजनलाई माया बाँढ्ने सेतुका रुपमा कार्य गरेको छ । यस वर्षको होलीमा पनि बिभिन्न गिफ्टस र कम्वोहरु राखिएको छ, आफ्ना आफन्तजन र प्रियजनलाई माया बाँढ्ने हैन त ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको