Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

शिवपुरी राष्ट्रिय निकुञ्जमा “अल वुमन हाइक” सम्पन्न

१४ चैत्र २०७७, शनिबार १९:५५


काठमाण्डौस्थित भारतीय राजदूतावासले २०७७ चेत्र १४ गतेका दिन शिवपुरी राष्ट्रिय निकुञ्जमा “All-Women Hike” को आयोजना गर्यो । ‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राकी धर्मपत्नी श्रीमती पुजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा हुनुहुन्थ्यो । उक्त पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।

पद्मश्री अवार्डबाट सम्मानित श्रीमती अनुराधा कोईरालाले स्थापना गर्नुभएको गैरसरकारी संस्था माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रमको आयोेजना गरेको हो । बेचबिखनमा परेका पीडित महिलाहरुको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पु¥याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ । श्रीमती क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थीहरु वा उनीहरुका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गर्नुभयो ।

‘आजादीका अमृत महोत्सव’ भारत सरकारले अघि सरेको पहल हो । सो महोत्सवमार्फत प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासलाई स्मरण गर्दै यसलाई उत्सवका रुपमा मनाइनेछ ।

भारतले सन् २०२२ अगस्त १५ मा स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सव मनाउँदैछ । यस ऐतिहासिक तथा महत्वपूर्ण दिनमा भारत सरकारले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ । सो महोत्सव मार्च महिनादेखि आगामी १५ अगस्ट २०२२ सम्म ७५ हप्तासम्म जारी रहनेछ । उक्त महोत्सवको समापन आगामी १५ अगस्त २०२३ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै