Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

प्रज्ञा प्रतिष्ठानको आँगनमा प्रचण्डले भने- सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिन्छौं

१४ चैत्र २०७७, शनिबार २१:१४


काठमाडौं । साहित्यिक एवम् प्राज्ञिक छलफल हुने नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन । रुखको फेदमुनी केही सामान्य कुर्सी छन् ।

कुर्सीमा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लहरै बसेका छन् ।

उनीहरुको माथि तुल टागिएको छ ‘बृहत् नागरिक आन्दोलन’ । नागरिक समाजले आज आयोजना गरेको कार्यक्रममा नागरिकका तर्फबाट नेतालाई प्रश्न गरियो । नागरिकको प्रश्नको कठघरामा शीर्ष नेताले सकेसम्म जवाफ दिने प्रयास गरे ।

नागरिकका केही प्रश्नको उत्तर खोज्ने ध्येयका साथ आफूहरुले खुल्ला आकाशमुनी प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई निम्त्याएको भन्दै प्राध्यापक खनालले कार्यक्रम सुरु गरे ।

दोस्रो जनआन्दोलनको क्रममा नागरिक समाजले खेलेको भूमिकको उच्च प्रशंसा गर्दै एमाले नेता नेपालले संविधान, सङ्घीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको रक्षाका लागि पुनःनागरिक समाजको साथ र सहयोग जरुरी रहेको बताए ।https://www.facebook.com/livemandumedia/videos/1094807787598554/

पूर्वप्रधानमन्त्री नेपालले स्वायत्त पार्टीले निर्भकताका साथ गरेको निर्णयलाई सर्वोच्च अदालतको फैसलाले समस्या पारेको उल्लेख गरे ।

देश र जनताको पक्षमा निरन्तर इमान्दारी पूर्वक लागेको भन्दै उनले आफूलाई कुनै पनि प्रकारको डरसमेत नरहेको स्पष्ट पारे ।

पार्टीभित्रको मूल मान्छेले नै पार्टीको विधान मिच्ने काम गरेको भएपनि नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रणाली र विधिमा हिंडाउन आफू प्रयासरत रहेको बताए ।

प्राध्यापक खनालले राजनीतिक पृष्ठभूमि बाध्दै केही प्रश्नसहित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई बोल्ने पालो दिए ।

अध्यक्ष दाहालले सरकारलाई आफनो पार्टीले दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताए ।

प्रतिनिधिसभाको विघटनपछि आन्दोलनमा रहेका प्रमुख राजनीतिक दलबीचमा सहकार्य हुने वित्तिकै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता र नयाँ सरकारको खाकासमेत आउने उनको भनाइ थियो ।

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरले आफूले उठाएको माग सम्बोधन गराउने अवस्थामा आफूहरु मुलुकलाई निकास दिन तयार रहेको बताए ।

अध्यक्ष ठाकुरले मुलुकलाई समस्यामा परेको बेला आफूले नै निकास दिने गरेको स्मरण गरे ।

कांग्रेसका नेता डा.रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन आए कांग्रेसले उनलाई साथ नदिने र अविश्वासको पक्षमा मतदान गर्ने उल्लेख गरे ।

नेता रिजालले प्रधानमन्त्रीसँग संसद्को बहुमत नरहेको भन्दै माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि नयाँ प्रक्रिया सुरु हुने स्पष्ट पारे ।

उनले राजनीतिक परिस्थितीको मूल्याङ्कन गरेर कांग्रेसले देश र जनताको पक्षमा उचित निर्णय लिने जानकारी दिए ।

मुलुकको राजनीतिलाई सही दिशामा लैजान राजनीतिक नेतृत्वले शीघ्र पहल गरोस् भन्ने आग्रह गर्दै नागरिक समाजका तर्फबाट यस्ता कार्यक्रम निरन्तर अगाडि बढ्ने प्राध्यापक खनालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा