
प्रचण्ड भन्छन्– महन्थजी हामी दुबै पीडित हो, पीडित पीडित मिलौँ
१४ चैत्र २०७७, शनिबार २१:३१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रधानमन्त्री केपी ओलीको गुटका मान्छे जेलमा गएर रेशम चौधरीलाई भेटेको बताए । तर, सबैभन्दा अफ्ठेरो स्थितिमा आफू रेशम चौधरीलाई भेट्न जेल गएको र त्यो कुरा महन्थ ठाकुरलाई पनि थाहा भएको उनको भनाइ थियो ।
उनले आफू पनि पीडित भएको बताए । ‘ममाथि मुद्दा छैन ? मेरा साथीहरु जेलमा छैनन् भन्ने ठान्नु भएको छ महन्थ जी ?’ उनले भने, ‘त्यसैले तपाईं पनि पीडित म पनि पीडित, हामी पीडित पीडित मिल्ने हो ।’
शनिबार प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा प्रचण्डले संविधान पूर्ण नभए पनि शक्ति सन्तुलनका दृष्टिले आफूले संविधान स्वीकार गरेको पनि बताए ।
प्रचण्डले नागरिक अगुवालाई आन्दोलनमा अघि लाग्न आग्रह पनि गरे । ‘तपाईंहरू अघि लाग्नुस,’ उनले भने, ‘म पछिपछि आउनेछु ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
आउनुहोस् यस आलेखमा अमेरिकामा भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको छ त्यसबारे चर्चा गरौं। भवन निर्माण उद्योगको प्रकृति कस्तो किसिमको
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल