
शुरु हुदैछ द भ्वाइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन
२ पुष २०७५, सोमबार १५:२४
विश्व विख्यात गायन रियालिटि शो द भ्वाइसको नेपाली संस्करण केही दिन अघि सकिएको छ । डिजिटल अडिसन, ब्लाइन्ड राउन्ड, लाइभ, सेमिफाइनल हुदै फाइनलको यात्रा सम्म चार टिमबाट एक एक ट्यालेन्टहरु पुगेका थिए । कतारको दोहामा सम्पन्न फाइनलमा टिम दिपका सि.डि.बिजय अधिकारीले पहिलो द भ्वाइस अफ नेपालको उपाधि चुम्न सफल भए । फाइनल कार्यक्रम कतारमा रहेका हजारौ नेपालीहरुको साथमा सम्पन्न भएको थियो । जसमा धुमुस र सुन्तलीलाई बिशेष अतिथिको रुपमा देखिएको थियो । पहिलो द भ्वाइस अफ नेपालले नगद रु २५ लाख, एउटा कार, २० लाख बराबरको गित रेकडिङ्ग र बोल्ड टुर प्राप्त गर्नेछन् ।
पहिलो संस्करणको सफलता पश्चात दोस्रो संस्करण कहिलोबाट शुरु हुन्छ भन्ने सबैमा निकै उत्सुक्ताको बिषय रहेको छ । अघिल्लो चरणमा अडिसनको बारेमा धेरै अज्ञात नै थिए, कार्यक्रममको सफलता पश्चात सबैमा अडिसनको बारेमा प्रश्नहरु हुन थालेका छन् । कहिले देखि हुन्छ दोस्रो संस्करणको लागि अडिसन ? केही नयाँ परिवर्तन हुन्छ कि नाई ? जस्ता प्रश्नहरु सुनिएका छन् ।
द भ्वाइस अफ नेपालका निर्देशक लक्षमण पौडेल ले द भ्वाइस अफ नेपालले सफलता प्राप्त गरेको मा सम्पुर्ण दर्शक, शुभचिन्तक तथा टिमलाई धन्यवाद व्यक्त गर्दै, पुसको अन्तिम साता देखि डिजिटल अडिसन शुरु हुने कुरा जानकारी गराउनुभयो । पहिलो संस्करणमा फरम्याट बुझन केही समय लागेको तर अबको संस्करणमा सहज हुनुका साथै केही नयाँ परिवर्तन पनि हुने बताउनु भयो ।डिजिटल अडिसनको लागि छिटटै द भ्वाइसले आह्वान गर्नेछ । अन्य अडिसन भन्दा यो डिजिटल अडिसन निकै सहज पनि रहेको छ । घरमै बसेर रेर्कड गरेर आफनो अडिसन दर्ता गर्न सकिनेछ । अडिसन कै लागि भनेर लामो लाइनमा बस्नु पर्ने बाध्यता रहने छैन ।
द भ्वाइस अफ नेपालको सम्पुर्ण टिमलाई पहिलो संस्करणको सफलताको लागि बर्धाइ तथा दोस्रो संस्करणको लागि शुभकामना ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै