Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

वैशाख १ देखि ट्रायल पास हुनेबित्तिकै अस्थायी लाइसेन्स पाइने

१५ चैत्र २०७७, आईतवार ११:०८

काठमाडौं- सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ ।

उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ व्यवस्था गर्ने भएको हो ।

मन्त्रालयले विभागलाई यसैअनुसार सनर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ ।

लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकारप्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ ।

‘परीक्षामा ७० प्रतिशत अंक ल्याउने चालकलाई तत्कालै अस्थायी लाइसेन्स दिने छौं । प्रधानमन्त्रीज्युको निर्देशनलाई मान्दै विदेशको अभ्याससमेतलाई हेरेर वैशाख १ बाट लागु हुनेगरी यस्तो व्यवस्था गरेका छौं,’ सचिव श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र