Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

प्रेमको मौलिक आयाममा वर्णित ‘एन्टोनिया’ प्रकाशित हुँदै

१५ चैत्र २०७७, आईतवार ११:२३


डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त कृति नेपाली साहित्यकै इतिहासमा मौलिक कृति रहेको बताइएको छ ।

ढकाल पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव समेत हुनुहुन्छ । यसअघि पनि उहाँका दर्शन तथा संस्कृतिसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशित भइसकेका छन् ।

कविताको विधामा दखल राख्नु हुने लेखक ढकाल निरन्तर कलम चलाउने गर्दछन् । यो उनको पहिलो प्रकाशित साहित्यिक कृति पनि हुनेछ ।

उनी लेख्छन्, “एउटा सानो प्रयासस्वरुप ‘एन्टोनिया’ (एक आध्यात्मिक प्रेमकथा) उपन्यास तयार भएको छ ।

लेखक ढकालका अनुसार ‘यस उपन्यासमा नेपाली समाजमा हुर्केको एक व्यक्ति आफू हुर्केको समाजसँगसँगै विश्व परिवेशसँग पनि अन्तरक्रिया गर्दछ । सनातन धर्म र दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानमा रहँदै विश्वमञ्चमा उभिएर जीवन र जगतको परिभाषा दिइरहन्छ ।

प्रेमीहरु एकअर्कासँग सामाजिक जीवनमा नबाँधिइकन पनि प्रेम गरिरहन सक्दछन् । प्रेमको उर्जालाई मानव, प्राणीसेवा र जगतकल्याणका लागि लगाउन सक्दछन् । आँखा बन्द गरेर होइन कि आँखा खुलै राखेर प्रकृति, जीवन र जगत नियाल्दै ध्यानस्थ हुन सक्दछ । एकअर्कासँग भौतिक रुपमा टाढा भए तापनि पृथ्वीको नजीक रहेको चन्द्रमामार्फत् पनि आफ्नो प्रेमी वा प्रेमिकासँग प्रेमको सन्देश आदानप्रदान गर्न सक्दछन्’ भन्ने सन्देश पुस्तकमा पाइन्छ ।

जीवनका कतिपय घटना वा विषय यस्ता हुँदा रहेछन् कि छोटो समयका लागि नै किन नहोस्, जसमा आफ्नो सम्पूर्ण शक्ति र ऊर्जा लगाइएको हुन्छ, त्यसैमा केन्द्रित रहेर बाँच्दा वर्षौँमा बाँचिरहेको अनुभव हुने रहेछ । छोटो समय नै किन नहोस्, समर्पित प्रेमको लहरले जीवनपर्यन्त साथ नछाड्ने रहेछ ।

जीवनमा केही रिक्तता यस्ता हुन्छन्, जसलाई भर्न र पुर्नका लागि प्रेमीहरु भौतारिइरहन्छन् । प्रेमलाई पाउने ध्याउन्नमा नै मानव समाजका विभिन्न अवयव चलिरहेका छन् । सभ्यता, संस्कृति आदि सबै प्रेमका परिणाम हुन् ।
यस्तो लाग्छ प्रेम नपाएकाहरुले आ– आफ्नो अधुरो–अपुरोपनलाई भुल्न र छोप्न गरेको सिर्जनाका कारण समाज र आ–आफ्नो परिधिमा फैलाएका सञ्जालले विश्व समाजको निर्माण भएको छ ।

संसारमा व्यक्ति–व्यक्तिका व्यक्त कथाहरु निकै कम हुन्छन् । तर, अरूका व्यक्त–अव्यक्त कथामा समाहित भएपछि सबै आफ्नै कहानीजस्तो लाग्दा रहेछन् । उपन्यासकारले पनि तिनै कथाहरुमा आफूलाई समाहित गर्ने कोसिस गर्दछ ।

करीब ४०० पृष्ठको उपन्यास ‘एन्टोनिया’ले अध्यात्म र जीवनको परिभाषा र जीवन जिउनुको सार्थकता दर्शाउने प्रयास पनि गरेको छ” ।

उक्त पुस्तक वि.सं. २०७८ को वैशाखमा पाठक समक्ष आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो

काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन