
राज्यविरुद्धको संगठित अपराध मुद्दामा ३५ दिनभित्र हाजिर हुन सीके राउतलाई अदालतको सूचना
१६ चैत्र २०७७, सोमबार ११:५३
सीके राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन नवलपरासी जिल्ला अदालतले सूचना जारी गरेको छ । जिल्ला अदालत नवलपरासीले सीके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्यविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दामा ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेको हो ।
अदालतले जारी गरेको सूचनामा सीके राउतको ठेगाना ‘जिल्ला रौतहट महादेव गाउँपालिका– २ घर भई हाल जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका– ८ डेरा गरी बस्ने’ भनिएको छ ।
आज प्रकाशित सूचनामा बाटोको म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुत प्रमाण लिई हाजिर हुन आउन भनिएको छ । म्यादभित्र हाजिर हुन नआए कानुनबमोजिम हुने अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको