Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
yogesh bhattrai

योगेश भट्टराईले भने – कारबाहीको परिणाम उल्टो हुने निश्चित छ

१६ चैत्र २०७७, सोमबार २२:५२


एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरेपछि त्यसलाई नेपाल समूहका नेताहरूले प्रतिवाद गरेका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही उल्टिने बताएका हुन् । ट्वीटमार्फत उनले कारबाही कमजोर सत्ताको अस्त्र भएको बताए । उनले यो निर्णयबाट फर्किन पनि ओलीलाई आग्रह गरेका छन् ।

‘कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहेन गरी निलम्बन गरेका थिए ।

याे पनि 

भीम रावलको प्रतिक्रिया – निलम्बन गर्ने निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य

माधव नेपाल र भीम रावललाई निलम्ब गर्ने एमाले निर्णय

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो