
साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई निद्रा लाग्दैन भने नलागोस् : प्रधानमन्त्री
१७ चैत्र २०७७, मंगलवार २२:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैलाई आपत्ति लागे पनि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका हुन् ।
उनले भने, “सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।”
प्रधानमन्त्री ओलीले आफ्नो दलले सामाजिक सुरक्षाका विषयमा धेरै कामहरू गरेको दाबी गर्दै आएको पहिलो वर्षमै सामजिक सुरक्षा भत्ता बढाएको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो