Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

डब्लुएचओको नयाँ तथ्य : कोरोना चमेरोबाट मान्छेमा सर्‍यो, वुहानको ल्याबबाट फैलिएको होइन

१७ चैत्र २०७७, मंगलवार २३:१२


विश्‍व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे नयाँ तथ्य सार्वजनिक गरेको छ । अघिल्लो वर्षदेखि जारी अनेक बहसबीच डब्लुएचओको तर्फबाट नयाँ दाबी सार्वजनिक गरिएको हो। डब्लुएचओका विज्ञका अनुसार यो भाइरस सम्भवत चमेरोबाट अर्को कुनै जनावर हुँदै मानिससम्म पुगेको हो।

विश्व स्वास्थ्य संगठनका विज्ञले कोरोना भाइरस चीनको वुहान शहरस्थित कुनै ल्याबबाट फैलिएको भन्ने अमेरिकासहित पश्चिमा राष्ट्रको आरोपलाई पनि खारेज गरिदिएको छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस चीनको वुहानस्थित ल्याबबाट चुहिएको दाबी गरेका थिए। डब्लुएचओका विज्ञहरुले ट्रम्पको उक्त दाबीलाई पनि सरासर गलत भन्दै खारेज गरिदिएका छन्।

चीनले यसअघि नै कोरोना भाइरसको मूल श्रोत आफ्नो देशमा नभएको दाबी गर्दै आएको छ। चीनले यो भाइरस आयातित समुद्री खानाबाट आफ्नो देशमा आएको बताएको थियो। डब्लुएचओका विज्ञले यो कुरालाई इन्कार त गरेनन् तर यो सम्भावना एकदमै कम रहेको उल्लेख गरेका छन्।

तर विज्ञहरुले आफ्नो दाबीबारेमा विस्तृत तथ्य प्रमाण भने पेश गरेका छैनन्। यसअघि विश्व स्वास्थ्य संगठनको एउटा विज्ञ टोली कोरोनाको मूल स्रोत पत्ता लगाउन चीन गएको थियो। यसबारेमा मंगलबार विस्तृत रिपोर्ट पनि सार्वजनिक गरिएको छ। डब्लुएचओका डाइरेक्टर जनरल टेड्रोस एडहेनम ग्रेब्रेयिससका अनुसार यसबारेमा विज्ञहरुले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्नेछन्। उनले यस महामारीको मूल स्रोतलाई लिएर अझै अध्ययन हुनुपर्ने पनि बताएका छन्।

कोरोना भाइरसका कारण १५ महिनामा विश्वभर २७ लाख मानिसले ज्यान गुमाइसकेका छन्। यस संक्रमणका कारण गत साल विश्व नै लकडाउनमा बस्न बाध्य भयो। यसलाई लिएर अझै पनि कडा नियम पालना गर्नुपर्ने विज्ञहरु बताउँछन्। लकडाउनका कारण विश्वभरको अर्थतन्त्रमा कयौँ खर्ब डलर क्षति भयो।

चीनमाथि कोरोना भाइरस वुहानको ल्याबबाट विश्वभर फैल्याएको आरोप लागिरहेको छ। त्यसपछि डब्लुएचओले टिम बनाएर जाँचका लागि टोली चीन पठाएको थियो। तर यसबारे चीनले आपत्ति जनाएको थियो। यही कारण विज्ञको रिपोर्ट आउन ढिला भयो। यो टोलीलाई वुहान प्रवेशमै समस्या भएको थियो। यो टोली जनवरी १४ मा वुहान पुगेको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग