
एटिएम ह्याक गरी रकम निकाल्ने चिनियाँ नागरिक पक्राउ
१९ चैत्र २०७७, बिहीबार ०६:१६
काठमाडौं । प्रहरीले एटिएम ह्याक गरी रकम निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैङ्कको एटिएम बुथबाट अनाधिकृतरुपमा रकम झिकेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकलाई पक्राउ गरेके हो । पक्राउ पर्नेमा काठमाडौंको ज्याठाबाट २९ वर्षीय चिनियाँ नागरिक योङ छियालोङ रहेका छन् ।
ज्याठामा रहेको मेगा बैङ्कको एटिएम बुथभित्र पसेर एटिएम मेशिन ह्याक गरी रकम झिक्न लाग्दै गर्दा उनलार्ई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । उनी केही समयदेखि ज्याठाको एक होटेलमा कोठा लिई बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर
झण्डै २ साताअघि अभिनेता सरोज खनाल र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक ह्याक भएको थियो । उनीहरूको फेसबुक ह्याक
काठमाडौँ । अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार काठमाडौँको मनमैजुका २३ बर्षिय अमित
काठमाण्डौ । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग