
चीनले दिएको कोरोनाविरुद्धको खोप कसलाई लगाइन्छ ?
१९ चैत्र २०७७, बिहीबार ०६:२०
काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए । तर, कहिलेदेखि लगाउन सुरु गरिन्छ भन्ने विषयमा भने केही जानकारी दिएको छैन ।
चीनले नेपाल सरकारलाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो । उक्त खोप नेपाल सरकारले विमान पठाएर चैत १६ गते सोमबार नेपाल ल्याएको थियो ।
चीनले दिएको कोरोना भाइरसविरुद्धको खोप पनि दुई मात्रा लगाउनुपर्ने हुन्छ । यसअघि नेपालमा कोरोना भाइरसविरुद्धको भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप लगाइँदै आएको छ ।
भारतले नेपाल सरकारलाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने १० लाख डोज खोप नेपाल सरकारले खरिद गरेको थियो । थप, १० लाख डोज खोप भारतले थप दिन बाँकी छ । हाल भारतले कोभिशिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भेला, सभा जुलुस रोक्न अनुरोध गरेको छ । प्रवक्ता गौतमले नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण फैलिँदै गएको भन्दै जिल्लाभित्र भेला, सभा जुलुस रोक्न प्रमुख जिल्ला अधिकारीलाई विशेष अनुरोध गरेको जानकारी दिए ।
यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको छ । यसैगरि विभिन्न प्रवेश बिन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको हो ।
कोरोना परीक्षण गर्ने सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्ने र दुई हजार एसबीयू बेड स्थापना गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको