
ह्वाइट हाउसमा जो बाइडेनले पालेका कुकुरले कर्मचारी टोक्न थालेपछि
१९ चैत्र २०७७, बिहीबार ०६:२८
वाशिंटन । मार्च महिनाको सुरुमा भएको त्यस्तै एक घटनापछि डेलावेयरमा प्रशिक्षणबाट फर्किएकाे केही दिनपछि नै ह्वाइट हाउसको कुकुरले मेजरले फेरि अर्का कर्मचारीलाई टोकेको छ ।
अमेरिकी प्रथम महिला जिल बाइडेनकी प्रवक्ताका अनुसार सावधानी नअपनाइ काम गरिरहेका एक व्यक्तिलाई कुकुरले टोकेको हो । ह्वाइट हाउसमा जो बाइडेनले पालेका दुई वटा जर्मन सेफर्डमध्ये मेजर एक हो । मेजर ह्वाइट हाउसको पहिलो रेस्क्यु कुकुर पनि हो ।
प्रवक्ता मिचेल लारोजाले सोमबार भएको घटनाबारे बोल्दै भनिन्, ‘मेजर अझै पनि आफ्नो नयाँ परिवेशमा घुलमिल हुन खोज्दैछ ।’
सिएनएनको रिपोर्टअनुसार नेसनल पार्क सेवाका कर्मचारीलाई ह्वाइट हाउसको दक्षिणतर्फको भागमा कुकुरले टोकेको थियो । मेजर र च्याम्प दुवै बाइडेनका ३ वर्षका कुकुर हुन् । यी दुवैलाई मार्च ८ मा एक व्यक्तिलाई टोकेपछि डेलावयरको विल्मिंगटन पठाइएको थियो । मार्च ८ मा मेजरले ह्वाइट हाउसका एक सुरक्षा सदस्यलाई टाेकेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जर्मनी। जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ
काठमाडौं। चीनमा एक २८ वर्षीय युवक भाइरल भइरहेका छन्। वास्तवमा झङ कुनवेइ नामका यी व्यक्तिले एउटा लेख लेखेका छन् जसमा
एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ । इनजेनिटी नामकाे उक्त ड्रोन
काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर