
अष्ट्रेलिया पठाईदिन्छु भन्दै ९ लाख ठगी गर्ने पक्राउ
१९ चैत्र २०७७, बिहीबार २३:५६
काठमाडौँ । अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार काठमाडौँको मनमैजुका २३ बर्षिय अमित भुजेललाई प्रहरीले माछापोखरीबाट पक्राउ गरेको हो ।
उनले अष्ट्रेलिया पठाईदिन्छु प्रतिव्यक्ति ६ लाख लाग्छ भन्दै जम्मा नौ लाख रुपैंया ठगी गरेको पाइएको छ ।
भुजेलले छोटो समय 457 भिषामा २/२ वर्ष कामको लागि १०५ दिनभित्र अष्ट्रेलिया पठाईदिन्छु,प्रतिव्यक्ति ६ लाख लाग्छ भन्दै जम्मा नौ लाख रुपैंया ठगी गरेको भन्दै काठमाडौं गोकर्णेश्वका एरिक न्यौपाने र निर्देश खड्काले महाशाखामा पेश गरेको जाहेरीको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई