
एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ
१८ चैत्र २०७७, बुधबार २०:०५
काठमाण्डौ । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।
मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा उनी रंगेहात पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरिएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केहि समय अघि चिनियाँ ह्याकरहरुकै कारण नेपालका बैंकहरुबाट करोडौं रुपैयाँ ह्याकको प्रयास भएको थियो । त्यतिबेला बैंकरको चलाखीका कारण नेपालको करोडौं रुपैयाँ ह्याक हुन बाट जोगिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा