
अबदेखि विदेश जाने यात्रुले सेल्फ बोर्डिङ लिन तथा चेकिङ गर्न सक्ने
१९ चैत्र २०७७, बिहीबार २३:५८
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुले आफै बोर्डिङ पास तथा ब्यागेज सेल्फ चेकिङ गर्न सक्ने प्रविधि जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि प्रयोग गर्दै आएको ‘सिताज’ प्रविधिको ठाउँमा आफ्नै लगानीका ‘कप्स’ प्रविधि जडान गरेको हो ।
यात्रुलाई सहजता हुने र प्राधिकरणको आय बढने गरी नयाँ प्रविधि जडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए। ‘सिताज’ प्रविधिसँग आय सेयर गर्दै आएको प्राधिकरणले अब सबै आय आफ्नो मात्र बनाएको छ ।
यस प्रविधिको प्रयोगबाट यात्रुले साझा काउन्टर सेवा लिन पाउनेछन् । अबदेखि यात्रुले जुनसकै काउन्टरबाट जुन सुकै एयरलाइन्सको टिकट भए पनि बोर्डिङ तथा ब्यागेज चेकको काम गर्न पाउने छन्। साथै यात्रुले सेल्फ बोर्डिङ पास तथा सेल्फ चेकिङ आफै गर्न पनि सक्ने तिवारीले जानकारी दिए।
नयाँ प्रविधिको प्रयोगबाट साझा काउन्टर सेवा, सेल्फ बोर्डिङ तथा ब्यागेज चेक गर्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगको प्रयोगबाट ताकेको भन्दा बढी तौल भएको ब्यागेज स्वत रिजेक्ट गर्ने तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज