
घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही भद्दा मजाक हो : योगेश भट्टराई
२० चैत्र २०७७, शुक्रबार ००:०१
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेपछि उनले कारबाहीलाई भद्दा मजाकको संज्ञा दिएका हुन् ।
“ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ,” प्रचार विभाग प्रमुख भट्टराईले ट्विट गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेका थिए । उनले यसअघि गत सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि छ महिनाका लागि निलम्बन गरेका थिए ।
नेताद्वय भुसाल र पाण्डेले मंगलबार स्पष्टिकरणपत्रको प्रतिप्रश्नसहित जवाफ दिएका थिए । उक्त जवाफ सकारात्मक र चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले पार्टीले कारबाहीको निर्णय लिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो