Lifestyle Portal
  •   ५ जेष्ठ २०७९, बिहीबार

बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’

२० चैत्र २०७७, शुक्रबार ००:०७

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’ भएको छ।

उनी मल्टिपल माइलोमाबाट पीडित भएकी हुन्। जुन एक प्रकारको ब्लड क्यान्सर हो। उनी अहिले मुम्बईमा उपचाररत रहेको भारतीय सञ्चा‍रमाध्यमले जनाएका छन्। बिजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार किरणको रोगको बारेमा जानकारी दिएका हुन्।

किरणले १९८३मा रिलिज भएको पंजाबी फिल्म ‘आसरा प्यार दा’ फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन्। उनको बलिउडमा पहिलो फिल्म ‘पेस्तोंजी’ (१९८८) हो। उनले हिन्दी फिल्म ‘सरदारी बेगम'(१९९६)बाट पहिलो पटक नेशनल (स्पेशल जूरी) फिल्म अवार्ड प्राप्त गरेकी थिइन्।

बंगला फिल्म ‘बारीवाली/द लेडी अफ द हाउस’ (१९९९)बाट उनले दोस्रो नेशनल अवार्ड जीतेकी थिइन्। उनको देवदास’ (२००२), ‘वीर जारा’ (२००४), ‘ओम शान्ति ओम’ (२००७) ‘खूबसूरत’ (२०१४) जस्ता फिल्म सुपरहिट छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

काठमाडौं – बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएर नाच्दै गरेको जस्तो देखिने तस्वीर इन्स्टाग्राममा पोस्ट् गरेका छन्