दियाको एक तस्वीर जसले मच्चाएको छ इन्टरनेटमा तहल्का


बलिउड अभिनेत्री दिया मिर्जाले विवाह गरेको लामो समय भएको छैन । तर, अहिले उनको एउटा तस्वीरले इन्टरनेटमा तहल्का मच्चाएको छ । उनले यही वर्ष १५ फ्रेबुअरीमा वैभव रेखीसँग विवाह गरेकी थिइन् ।

वैभव भारतका व्यवसायी हुन् ।

अब जाऔँ, दियाको तस्वीर किन भाइरल भयो भन्ने विषयमा । उनको विवाहको तस्वीर जसरी सामाजिक सन्जालमा भाइरल भएको थियो, अहिले उनी गर्भवती भएको खबर आएसँगै यसले पनि चर्चा कमाएको हो ।

दियाको तयो तस्वीर उनले सामाजिक सन्जाल इन्स्टाग्राममा राखेकी हुन् । अहिले उनलाई बधाई दिनेको ओइरो लागेको छ ।


Loading comments...