Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

कर्णसँग विवाह गर्न चाहन्थिन् द्रौपदी, यस्तो छ रोचक पाटो !

२० चैत्र २०७७, शुक्रबार ०४:३४

लोकप्रिय

काठमाडौं । महाभारत पढ्ने र सुन्नेले द्रौपदीको बारेमा पनि सुन्नु भएकै होला । उनी पाँच पाण्डवकी साझा श्रीमती भएका कारण पनि धेरै विवादमा आइन् ।

राजा द्रुपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौँवर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् ।

पाँच पाण्डवसँग विवाहपछि द्रौपदी पाञ्चाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा द्रुपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेन ।

पाञ्चाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौँ राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए ।

तर दानवीर कर्ण द्रौपदीको निडर स्वभाव देखेर निकै प्रभावित भएका थिए । द्रौपदी आफ्ना साथीहरुसँग घुम्न निस्कने गर्थिन् । र,द्रौपदीको सुन्दरताबाट मोहित भएका कर्णले द्रौपदीलाई मनदेखि नै मनपराउन थालिसकेका थिए ।

द्रौपदीलाई विवाहका लागि उनका पिता द्रुपदले राजकुमारहरुको तस्वीर देखाउने क्रममा कर्णको तस्वीर पनि सँगै देखाएका थिए । किनकी कर्ण दुर्योधनको साथी भएका कारण कर्णलाई सबैले राजकुमारकै मानसम्मान दिने गर्थे ।

द्रौपदीले कर्णलाई देखेर मनपराउन थालेकी थिइन् । दरवारमा स्वयम्बरको लागि आएका पाण्डव,राजकुमारको भीडमा कर्णलाई द्रौपदीले खोज्दै थिइन् ।

द्रौपदीलाई उनको पिता द्रुपदले भीष्म पितामहसँग प्रतिशोध लिने प्रतिज्ञा पहिले नै भनिसकेका थिए । साथै द्रौपदीले पनि कर्ण सूतपुत्र भनेर थाहापाइसकेकी थिइन् । यदि कर्णसँग उनको विवाह भएमा उनी जीवनभर दासकी पत्नी भएर बस्नुपर्ने थियो ।

कर्णसँग विवाह भएमा आफ्ना पिताको प्रतिज्ञा पनि पूरा हुने थिएन । यस दुविधामा परेर द्रौपदीले आफ्नो प्रेमलाई तिलाञ्जली दिने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा