
आमा बन्दै प्रियंका
२० चैत्र २०७७, शुक्रबार १९:३१
काठमाडौं । नायिका प्रियंका कार्की आमा बन्ने भएकी छन् । फेसबुक र इन्स्टाग्राममा एक तस्विर सार्वजनिक गर्दै प्रियंकाले आफू गर्भवती भएको बताएकी हुन् ।
आफ्ना श्रीमान आयुश्मान देशराज जोशीसँगै उभिएको तस्वीर राख्दै उनले लेखेकी छन्‚ ‘अब तपाईं सोध्न बन्द गर्नुस् । हो‚ म गर्भवती भएकी छु ।’
केही दिनअघि मात्र परिवारसँग होली खेलेको उनको तस्विरलाई लिएर उनी गर्भवती भएको अनुमान गरिएको थियो । तर, अहिले भने प्रियंका स्वयंले सामाजिक संजालमार्फत् आफू गर्भवती भएको पुष्टि गरेकी हुन् ।
आमा बन्ने खवरसँगै उनका शुभचिन्तकहरूले उनलाई बधाई दिइरहेका छन् । गत २०७६ फागुन १६ गते प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका