shree swastani

इतिहासकै शुद्ध र उत्कृष्ट स्वस्थानी


केहि दशक अघिका नेपाली समाजमा धार्मीक पुस्तक अनि ग्रन्थहरु सहजै उपलब्ध थिएनन् । सामान्यतया नाग टाँस्ने पर्चा देखि स्वस्थानी लगायत भागवत गीता अनि अन्य ग्रन्थहरु भारतको वाराणसीका प्रेसहरु जस्तै गीता प्रेस अनि वाराणसी प्रेसका बाहुल्यता रहन्थे । तर अज समय फरक छ, आज नेपाली प्रकाशकहरुले सहजै नेपाली सरल भाषा र अनुवादमा ग्रन्थ अनि पुस्तकहरु न्ेपालमै उपलब्ध गराउन थालेको पनि दशक बढि भइसक्यो ।

अब कुरा गरौं श्रीस्वस्थानी व्रतकथाको जुन छिटै शुरु हुँदैछ । पौष शुक्ल पुर्णिमा पुर्णिमा देखि प्रारभ्भ हुने श्रीस्वस्थानी बर्तकथाको बारेमा विस्तृत कथा समावेश भएको पुस्तक विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको छ जस्मा ज्ञानमणि नेपालले अनुबाद गर्नु भएको छ ।

इस्वीको सोह्रौं शताब्दीको अन्त्यतिर ई.१५७३ देखि संस्कृत भाषामा स्वस्थानी व्रतकथाको थालनी भएको हो । सुरुमा स्वस्थानी व्रतकथा ब्राह्मण पण्डितहरूबाट मात्र वाचन गराउने परम्परा थियो । सत्रौं शताब्दीको सुुरु ई.१६०३ मा नेवारीभाषामा अनुवाद भएर स्वस्थानी बनेपछि यो कथावाचन पण्डित स्तरबाट जनस्तरमा ओर्लियो । नेपाली भाषामा स्वस्थानी व्रतकथा आएपछि यसले झनै लोकप्रियता हासिल गर्दै जान थाल्यो र साथसाथै स्वस्थानीका कितापहरूमा पनि कथाहरू थपिँदैै आएका देखिन्छन् । त्यसैले पनि स्वस्थानी व्रतकथामा त्रुटिहरूको समेत हार लाग्दै जान थाल्यो । डा.कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईबाट ‘श्रीस्वस्थानी व्रतकथा’ जस्तो मूल्यवान् कृति शुद्ध रूपमा सम्पादन भएकामा सम्पादकद्वयलाई श्रीस्वस्थानी माताको कृपा रहिरहोस् ।

काशीनाथ तमोट संस्कृत भाषा पछाडि नेवारीभाषामा ‘श्रीस्वस्थानी व्रतकथा’ आएको देख्दा यो कथाको परम्परा काठमाडौं उपत्यकाको मल्ल संस्कृतिको देन हो भन्ने तथ्य बुझ्न सकिन्छ । नेवारी भाषामा प्रकाशित स्वस्थानी व्रतकथालाई नेपाली भाषीले उदार हृदयबाट अङ्गीकार गरेको परम्परा उल्लेखनीय लाग्दछ । नेपाली भाषामा श्रीस्वस्थानी व्रतकथा छापिन थालेपछि यस भित्रका कथालाई आ-आफ्नै पारा र ढङ्गबाट धेरैले प्रकाशित गर्दै आएको देखियो । नइ प्रकाशन मार्फत डा. कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईले शक्तिमाता ‘श्रीस्वस्थानी व्रतकथा’मा प्रविष्ट अप्ठेरा प्रसङ्गलाई समेत सहज रूपमा गोडमेल गरेर त्यसभित्रका पाठभेदलाई मर्यादित ढङ्गले सम्पादन गरेको हुँदा यो कृति अझै पठनीय र सङ्ग्रहणीय भएको मैले महसुस गरेको छु । युवा पुस्ताले सांस्कृतिक क्षेत्रमा देखाएको यो अभिरुचि सम्माननीय छ; शुभमङ्गलमस्तु द्वयोः ।

प्रा.डा. जगदीशचन्द्र रेग्मी डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाई दुवै जना विज्ञान क्षेत्रका अध्येता भएर पनि उहाँहरूले आफ्नो धर्म र संस्कृति प्रति बफादारी देखाई ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादन गरेर मूल्यवान् कृत्य गर्नुभएको छ । सनातन हिन्दुधर्म र संस्कृति माथि चारैतिरबाट प्रहार भइरहेको अहिलेको कालखण्डमा उहाँहरूको ज्ञानचक्षु, निष्ठा र भक्तिभावना अत्यन्तै प्रेरक छ ।

प्रा.डा.माधव भट्टराई नेपाल हिमवत्खण्ड, मानसखण्ड र केदारखण्डको एकीकृत संस्कृति र सभ्यताको सङ्गम भूमि हो । यसै देशमा यजुर्वेद र धनुर्वेद साक्षात्कार भएको हो । त्यसैगरी श्रीस्वस्थानी नेपालको आफ्नै मौलिक धर्मग्रन्थ हो । डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईबाट प्रस्तुत युगयुगसम्म रहने माघ माहात्म्य ‘श्रीस्वस्थानी व्रतकथा’ हामी नेपालीका लागि ठूलो प्राप्ति हो ।

डा. वासुदेव कृष्ण शास्त्री ने.स. ६९३ मा संस्कृत भाषामा लेखिएको हस्त लिखित स्वस्थानी ने.स. ७२३ मा नेवारी भाषामा अनुवाद भयो । त्यसपछि उपत्यकाका घरघरमा परिवारका सबै सदस्य एकै ठाउँ बसेर एक महिनासम्म पूजापाठ गर्ने अति लोकप्रिय पारिवारिक ग्रन्थका रूपमा ‘श्रीस्वस्थानी व्रतकथा’ देखा पर्यो । सोह्रौं शताब्दीदेखि नेपाली जन-मानसमा यस ग्रन्थको ठूलो प्रभाव परेको पाइन्छ । प्राचीन जनविश्वास तथा विभिन्न संस्कार र कुसंस्कार बारेको जानकारी लिन यस पुस्तकले मद्दत गरेको छ । यस पुस्तकको माध्यमबाट कुरीति, कुसंस्कार र घमण्डलाई त्यागेर शिक्षाप्रद र व्यावहारिक ज्ञान लिनका निम्ति नवपुस्तालाई चुनौती आएको छ । डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईले यसरी अघि सरेर आँटिलो र पुण्य काम गरेकामा म दुवै जनालाई बधाईज्ञापन गर्दछु ।

प्रा.डा. वीणा पौडेल नेपालेश्वरी स्वस्थानी परमेश्वरीका हृदय रसायन दिव्यकथाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ नेपाल आमाका सन्तानहरू डा. कञ्चनजङ्घा प्रसाई तथा विदुषी प्रसाईद्वारा सरल, सरस, सुमधुर तथा साराञ्चित भाषा शैलीमा सम्पादित भएकोमा मेरो मानसहंस हर्ष विभोर भएको छ । यस्तो लोकपावन कर्मद्वारा राष्ट्रकल्याण गर्ने प्रस्तुतकर्ता माथि स्वस्थानी परमेश्वरीको करुणा वर्षा होस् भनी बिन्तीका साथ राष्ट्र, राष्ट्रियता, राष्ट्रधर्म र राष्ट्रिय संस्कृतिको गौरव वृद्धिका लागि परमेश्वरीका चरणारविन्दमा ढोग गर्दछु ।

प्रा.डा. वेणीमाधव ढकल (संस्कृत विद्या शिरोमणि) श्रीस्वस्थानी नेपाल धर्तीबाट प्रकट भएकी साक्षात् पराम्बा जगज्जननी सीता माता हुन् । श्रीस्वस्थानीको व्रत शिवकी पत्नी पार्वती र गोमा अर्थात् गङ्गाजीले पनि गरिन् । त्यसैले श्रीस्वस्थानी नै सबैभन्दा ठूली देवी हुन् । सनातनी हिन्दूधर्म र संस्कृतिको महिमाशाली ‘श्रीस्वस्थानी व्रतकथा’ जस्तो विशिष्टकोटिको कृतिलाई अझै परिष्कृत रूपमा प्रस्तुत गर्ने डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईलाई मेरो आशीर्वाद छ ।

श्री १००८ डा. श्रीवैष्णव कृष्णदास महाराज (महायोगी सिद्धबाबा) संस्कृतभाषामा मात्र पुराण लेख्ने पुरानो परम्परालाई छाडेर कुनै व्युत्पन्न नेपाली पौराणिकले आफ्नै मातृभाषामा पनि पुराणको प्रादुर्भाव गराए । स्वस्थानी व्रतकथालाई यसको उदाहरणका रूपमा हामी प्रस्तुत गर्न सक्छौं । संस्कृतका पुराणका आधारमा मल्ल शासनको समयमा स्वस्थानी कथाको प्रादुर्भाव भएको थियो । त्यसैले यसको कथा मूल नेवारी भाषामा नै आयो । पछि नेपाली भाषामा यसको प्रतिसंस्करण भयो र यो झनै लोकप्रिय पनि भयो । राष्ट्रियताको भावनाले ओतप्रोत ‘श्रीस्वस्थानी व्रतकथा’ सम्पादनका साथ प्रस्तुत भएको देख्ता मलाई ज्यादै खुसी लागेको छ र प्रस्तुतकर्ता डा.कञ्चनजङ्घा प्रसाई र विदुषी प्रसाईलाई स्वस्थानी माताको आशीर्वाद प्राप्त होस् भनी शुभकामना प्रकट गर्दछु ।

ज्ञानमणि नेपाल ~
सम्पादक: डा. कञ्चनजङ्घा प्रसाई, विदुषी प्रसाई
प्रकाशक: नइ प्रकाशन
विक्रेता: विद्यार्थी पुस्तक भण्डार


Loading comments...