
कांग्रेसको निर्णयबाट बाबुराम उत्साहित, भने– अरु दलले पनि कर्तव्य नभुलौं
२१ चैत्र २०७७, शनिबार १०:१३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको पछिल्लो निर्णयको स्वागत गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफनै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयको स्वागत गरेका छन् ।
डा. भट्टराईले शनिबार बिहान ट्विट गर्दै भनेका छन्, “अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ ।” उनले अन्य प्रतिपक्षी दलहरुलाई पनि कर्तव्य नभुल्न आग्रह गरेका छन् । “अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।”
दलहरुका आ–आफ्ना एजेन्डा फरक भए पनि सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता हुने डा. भट्टराईले उल्लेख गरेका छन् । भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँदै उनको विदाइ नै आजको मुख्य प्राथमिकता भएको पनि बताएका छन् ।
“आ–आफ्ना दलका फरक एजेन्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता÷प्राथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है,” उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति