
प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय
२१ चैत्र २०७७, शनिबार १२:१४
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।
“प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद् विघटनलाई हामीले असंवैधानिक भनेको थियौं । सर्वोच्चले त्यो असंवैधानिक निर्णय खारेज गरेपछि कांग्रेसले अब प्रधानमन्त्रीबाट मार्ग प्रसस्त हुनुपर्छ भनेको थियो,” उनले भनिन् “बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ ।”
केन्द्रीय सदस्य डा. संग्रौलाले आफ्नै नेतृत्वको सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको पनि जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको