Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

चीनका सिनेमाघरलाई सत्तारुढ पार्टीको आदेश, ‘ हप्तामा दुई दिन प्रोपोगान्डा फिल्म अनिवार्य चलाऊनू’

२१ चैत्र २०७७, शनिबार १८:०९


चीन : चीनका हरेक सिनेमा हलले हरेक हप्ता कम्तीमा दुइटा पर्दा ‘प्रोपोगान्डा’ फिल्मका लागि छुट्याउनु पर्ने भएको छ । चिनिया अधिकारीले आउँदो शुक्रबारदेखि लागु हुने गरी यस्तो नियम ल्याएका हुन् । आउँदो हप्तादेखि सुरु हुने यो नियम वर्षको अन्त्यसम्म जारी रहने त्यहाँका अधिकारीले बताएका छन् ।

चीनमा आर्ट हाउस फिल्म चलाउने हल र सबै खाले फिल्म लगाउने गरी दुई खाले हल सञ्चालनमा छन् । यी दुवै खाले हलमा यो नियम लागु हुनेछ । चिनिया अधिकारीले यस्ता हलमा हप्ताको पाँच दिनसम्म पनि ‘प्रोपोगान्डा’ फिल्म चलाउन सक्ने आदेश दिएको छ ।

चीनमा कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुगेको उपलक्ष्यमा त्यहाँको नेसनल फिल्म एडमिनिस्ट्रेसन र प्रोपोगान्डा विभागले सिनेमालाई पनि यसमा सहभागी गराउन यस्तो उर्दी जारी गरेको हो । जुलाई १ मा चीनमा सत्तारुढ पार्टी स्थापनाको सय वर्ष पूरा हुँदैछ ।

नेसनल फिल्म एडमिनिस्ट्रेसनले हरेक प्रान्त, नगर तथा महानगरलाई कम्युनिस्ट पार्टीको गुणगान गाइएका, देशप्रेम तथा देशप्रेमीको बारेमा बनाइएका फिल्म प्रदर्शन गर्न आग्रह गरेको छ ।

पहिलो हप्ताका लागि यस्तो गुण बोकेका १२ फिल्म प्रदर्शनका लागि छानेको छ । यी फिल्मको प्रदर्शनमार्फत् त्यहाँका अधिकारीले सि जिन पिङको अवधारणालाई जनतामाझ स्थापित गर्ने लक्ष्य लिएको बताइएको छ । तर, नेसनल फिल्म एडमिनिस्ट्रेसनका अधिकारीले हलवालालाई हल छुट्याएर मात्र धर नहुने र यस्ता फिल्म लागेको बखत हल खचाखच हुनुपर्ने पनि उर्दी जारी गरेको छ ।

सिधा सिधा पार्टीको अवधारणालाई प्रोत्साहन गर्ने बाहेक सेनाको विषयमा बनेका फिल्मलाई पनि चिनिया अधिकारीले प्रोपोगान्डा फिल्मको रुपमा सूचीकृत गरेका छन् । सेनामाथि बनाएका फिल्म देखाउँदा यिनले ‘चेन अफ कमान्ड’को भावनालाई बलियो बनाउने र राष्ट्रप्रेमको भावना जागृत गर्ने भएकाले यस्ता फिल्म पनि देखाउनु पर्ने सूचीमा राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल