Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सुरक्षित सामाजिक सञ्‍जाल : भारतीय अध्ययन

२१ चैत्र २०७७, शनिबार २०:३४


काठमाण्डौ । नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि दक्षिण एसियामै सर्वाधिक सभ्य र सुरक्षित राष्ट्रको रुपमा रहेको तथ्य भारतमा हालै भएको एक अध्ययनले जनाएको छ । सोसल मिडिया अर्गनाइजेसन डिसइन्फोले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपालमा सामाजिक सञ्‍जाल महिलाहरुका लागि सुरक्षित भएको पाइएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरम सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण एसियामा सामाजिक सञ्‍जालमा महिला कति सुरक्षित भन्दै अध्ययन गरिएको थियो । ‘होल्डिङ अप हाफ द स्काइ ? हाउ होसाइल द साउथ-एसियन सोसल मिडिया स्पेस फर वुमन’ शीर्षकमा गरिएको उक्त अध्ययनमा महिलाहरुलाई सामाजिक सञ्‍जालमा गरिने दुर्व्यवहार र दुर्व्यवहारको प्रकृतिबारे अनुसन्धान गरिएको हो ।

प्रतिवेदन अनुसार अन्य मुलुकको तुलनामा नेपाली पुरुषहरुले सामाजिक सञ्‍जालमा महिलाहरुलाई अश्‍लिल शब्दहरुको कम प्रयोग गर्ने गरेको तथ्य पत्ता लागेको छ । दक्षिण एसियाभर सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिल शब्द लेख्ने, गाली गलौजको भाषा प्रयोग गर्ने देशहरुमा सर्वाधिक बढी भारत, त्यसपछि क्रमश: पाकिस्तान, माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् ।

Image Source: DisinfoLab

डिसइन्फो ल्याबको अब्युज-ओ-मिटरका अनुसार राजनीतिज्ञहरुमा भारतमा प्रियंका गान्धी, पाकिस्तानमा मरियम नवाज, माल्दिभ्समा इभा अब्दुल्लालाई सबैभन्दा बढी दुर्व्यवहार गरेको पाइएको ह्यो ।

अन्य सार्क राष्ट्रहरुको तुलनामा नेपालमा दुर्व्यवहार हुने क्रम ८० प्रतिशत कम भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ