
काठमाडौं उपत्यका प्रवेशमा कडाइ, मापदण्ड पालना नगरे कारबाही गरिने
२३ चैत्र २०७७, सोमबार २२:३७
काठमाडौैं । विगत केहि दिनदेखि कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।
काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले रुघाखोकी वा ज्वरोजस्ता लक्षण देखिएमा काठमाडौं छिर्नुअघि एन्टीजेन परीक्षण अनिवार्य गर्ने निर्णय गरेको हो ।
यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि भएको छ ।
काठमाडौं उपत्यकाका प्रत्येक नगरपालिकाभित्र थोरैमा एक÷एक वटा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई मास्क लगाउनेदेखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालयमार्फत गर्ने निर्णय पनि भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ । चीनबाट प्राप्त भ्याक्सिन लगाउन आवश्यक समन्वय गर्ने, सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको