Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

मानवअधिकार आयोगमा नियुक्तबारे राष्ट्रसंघलाई नेपालले पठायो जवाफ

२४ चैत्र २०७७, मंगलवार १९:५६


काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगको पदाधिकारी नियुक्तीका विषयमा प्रश्न उठाउँदै राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयले नेपाल सरकारलाई पठाएको पत्रको जवाफ नेपालले पठाएको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रको जवाफ पठाइएको जानकारी दिइन्। उनले भनिन्, ‘यो नियमति पक्रिया हो। नेपालले पत्र पठाइसकेको छ।’

राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयले नेपालको मानवअधिकार आयोगमा पदाधिकारी नियुक्ती गर्दाको प्रक्रियाको विषयमा प्रश्न उठाएको थियो। अध्यादेशमार्फत संवैधानिक परिषदस सम्बन्धी ऐन संशोधन गरी आयोगमा आयुक्तहरु सिफारिस गरिएको थियो। र संसद नरहेकाले ती सिफारिस पदाधिकारीले संसदीय सुनुवाई नभई कार्यभार सम्हालेका थिए। यो विषयमा सर्वोच्च अदालतमासमेत मुद्दा परेको छ। तर, पेशीमा भने चढेको छैन।

यस्तै राष्ट्रसंघले मानवअधिकार आयोग सम्बन्धी कानुनमा सरकारले संशोधन गर्ने तयारी गरेको विषयमा पनि प्रश्न उठाएको छ। आयोग स्वतन्त्र र स्वायत्त हुनुपर्ने विश्वव्यापी मान्यता छ। तर, नेपाल सरकारले आयोगलाई सरकारी नियन्त्रणमा राख्ने गरी कानुन संशोधनको तयारी गरेको भन्दै प्रश्न उठाइएको छ।

परराष्ट्रकी प्रवक्ता लम्सालले राष्ट्र संघलाई पठाइएको पत्रमा उसले उठाएका प्रश्नको जवाफ दिइएको बताइन्। उनले आयोगमा पदाधिकारी नियुक्ती नेपालको प्रचलति कानुन र परम्परा अनुसार नै भएको जवाफ दिएको बताइन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको