दीपाश्री र सरोजको फेसबुक ह्याक गरेको आरोप १४ वर्षीय किशोर पक्राउ


झण्डै २ साताअघि अभिनेता सरोज खनाल र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक ह्याक भएको थियो । उनीहरूको फेसबुक ह्याक गरेर ह्याकरले विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने गरेको थियो ।

आफ्नो फेसबुक ह्याक गरेर दुरुपयोग गरेको भन्दै सरोज र दीपाश्री साइबर ब्यूरोमा उजुरी दिन पुगेका थिए । उनीहरूले उजुरी दिएको १२ दिनपछि फेसबुक ह्याक गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

सोमबार नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोले पर्सा प्रहरीको सहयोगमा कलाकारको फेसबुक ह्याक गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नवीन्द आचार्यका अनुसार पर्सा बहुदरमाई ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ ।


Loading comments...