
सुत्ने समय घटाउँदै मानिस, विश्वव्यापी समस्या बन्ने खतरा !
२५ चैत्र २०७७, बुधबार ०३:२८
काठमाडौं । पछिल्लो समय मानिसहरूले निद्रालाई बेवास्ता गर्न थालेको एक अध्ययनले देखाएको छ । विभिन्न प्रविधिको आविष्कारसँगै मानिसले आफ्नो सुत्ने अवधि घटाउन थालेका हुन् ।
त्यस्तै खानपिन तथा जीवनशैलीका कारण पनि निद्रामा गडबडी हुने विज्ञहरूले बताएका छन् । निद्रा कम गर्न कतिपयले कफीलगायतका खानेकुरा अधिक खाने गरेको पाइएको छ । त्यस्तै स्मार्ट फोन, कम्प्युटर आदि प्रविधिको प्रयोगले पनि निद्रा गडबडी हुने गरेको पाइएको छ ।
नेदरल्यान्डमा गरिएको अध्ययनअनुसार करिब ३२ प्रतिशतले सामान्य सुताईमा गडबडी भएको बताएका छन् । त्यस्तै करिब ४४ प्रतिशतले सुताई नपुगेको बताएका छन् ।
नर्वेका १ हजार २८५ विद्यार्थीमा गरिएको अध्ययनका अनुसार करिब ११ प्रतिशतले आफ्ना व्यवहारकै कारण कम सुत्ने गरेको देखिएको छ । १६ देखि १९ वर्ष समूहका ती विद्यार्थीले कम सुत्ने गरेको बताएका छन् । पछिल्लो एक सर्वेक्षणले भने अमेरिकाका करिब ८ करोड ३० लाख मानिस ७ घण्टा सुत्ने गरेको देखाएको छ ।
पछिल्लो समय कम सुत्ने मानिसको बानीले विश्वव्यापी खतरा निम्तिने सम्भावना रहेको सरोकारवालाले जनाएका छन् ।कम सुत्नाले प्रतिरोधात्मक प्रकार्यमा ह्रास हुने, मोटोपनको जोखिम हुने, मुटु रोगसँग सम्बन्धित रोगहरू लाग्ने आदि समस्या हुन सक्छ । एकैपटक धेरै संख्यामा यस्तो समस्या हुन सक्ने अध्ययनकर्ताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले