Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

कोरोनाको दोस्रो लहर सुरु भएसँगै प्रधानमन्त्रीले फेरि भने – बेसार-पानी खानुहोला

२६ चैत्र २०७७, बिहीबार १९:२०

लोकप्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । काठमाडाैंमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अ‍ाेलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताए ।
उनले मास्क लगाउन, हात धुन, घरबाहिर खाना नखान र बेसार पानी खान आग्रह पनि गरे । “हाम्रो जनजीवनलाई ठप्प पनि नगर्ने । सावधान भएनौं भने ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ। बेसार-पानी खानुस्,” उनले भने ।प्रधानमन्त्री अोली कोरोना संक्रमणको पहिलो लहर चलिरहँदा पनि बेसार पानी खाँदा कोरोना निर्मुल हुने बताएका थिए ।

उनले कोभिड-१९ ले अन्य मूलुकमा जस्तो नेपालमा धक्का नपरेको दाबी पनि गरे ।

अर्काे प्रसंगमा उनले नेतृत्व सत्यको मार्ग, देश र जनताको स्वार्थको मार्ग र इमान भएमा मात्रै देश बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा