
के एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या हुन्छ ?
२६ चैत्र २०७७, बिहीबार २२:३८
काठमाडौं । कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सूचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ ।
युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ ।
उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो । ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ ।
बेलायतको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई एस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ । यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो ।
विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको ”सम्भावना रहे पनि” त्यसको ”पुष्टि नभएको” र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले एस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने ”निकै दुर्लभ” रहेको जनाएको छ ।
हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन् । जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड-१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
ईएमएकी कार्यकारी निर्देशक इमर कुकले, ”उमेर, लिङ्ग वा रगत जम्ने समस्या पहिले नै भएको अवस्था जस्ता जोखिमका कुनै निश्चित कारक हुनसक्ने” बारे भने कुनै प्रमाण फेला नपरेको बताएकी छन् ।
सुरक्षाका विषयमा उनले भनिन् ”हाम्रो सुरक्षा समितिले पुष्टि गरेको छ कि एस्ट्राजेनेका खोपले कोभिड-१९ बाट बचाउने कुराले यसका असरलाई ओझेलमा पार्छ ।” उनले थपिन्, ”यो खोप निकै प्रभावकारी देखिएको छ । यसले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनबाट जोगाउँछ र यसले ज्यान जोगाइ रहेको छ ।” – बीबीसी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो
काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ
काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा
काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाइने भएको छ