लद्दाख विवाद: भारत-चीनबीच कुन मुद्दामा चर्चा हाेला?


चीन र भारतबीच पूर्वी लद्दाखका विषयमा बैठक बस्ने भएकाे छ। अप्रिल २०२० काे यथास्थिति बहालीका लागि भारतकाे प्रस्तावमा दुवै देशबीच चर्चा हुने चीनले जनाएकाे छ।

चीनले पूर्वी लद्दाखमा भइरहेकाे विवादका विषयमा दुवै देशबीच वार्ता गर्न ढिलाे गर्न नहुने भनेकाे बिबिसीले उल्लेख गरेकाे छ।

खबरअनुसार दुवै देशका सैनिकका कोर कमान्डरबीच शुक्रबार आज बैठक हुनसक्छ। जसमा पूर्वी लद्दाखकाे विषयमा चर्चा हुनसक्छ।

बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्द्रम बागचीले १३ मार्चमा भएकाे डब्ल्यूएमसीसीकाे बैठकमा कमान्डरस्तरकाे बैठक आयोजनाकाे विषयमा सहमति भएकाे थियाे।

तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले वार्ताकाे यकिन मितिबारे आफूलाई जानकारी नरहेकाे बताएका छन्। चीन र भारतबीच कोर कमान्डर स्तरकाे बैठक हुने बताइएकाे छ।

भारत र चीनकाे वास्तविक नियन्त्रण रेखामा भएकाे तनाव कम गर्न २० फ्रेबअरीमा सैन्य वार्ता भएकाे थियाे।


Loading comments...