Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

हामी केपी ओलीको दास होइनौँ– माधव नेपाल

२७ चैत्र २०७७, शुक्रबार २२:०२


विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि र विधान विपरीत काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।

ओली प्रति निक्कै आक्रोशित देखिएका नेता नेपालले भने, ‘हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि कही हुन्छ ? ’

ओलीले पूरै अवैधानिक कदम चालेको बताउँदै नेपालले भने, ‘उहाँले विधान र विधिविपरीत काम गर्नु भएको छ । विधानविपरीत कामगर्ने कुरालाई पनि साथ दिने दास हुन् । हामी दास होइनौँ । हामी ओलीको मुख हेरेर अगाडि बढेका होइनौं ।’

उनले ओलीमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठमा पुगेको आरोप लगाए ।

उनले भने, ‘उहाँका भक्तजन, भजनमण्डली बाहेक अरु कसैलाई उहाँ सहन गर्नुहुन्न । उहाँमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठामा पुगेको छ । उहाँ एक्लिँदै जानु भएको छ ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो