Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

हलिउडमा अन्तरंग दृश्य छायांकनमा नयाँ मापदण्ड

२७ चैत्र २०७७, शुक्रबार २२:११

लोकप्रिय

लसएन्जल्स–टाइम्स अप अभियानले हलिउड फिल्ममा देखाइने अन्तरंग दृश्यमा नयाँ मापदण्ड लागु गरेको छ । मापदण्डअनुसार फिल्ममा नग्नता र अन्तरंग दृश्यको छायांकन हुँदा कलाकारहरुले आफ्नो सीमा कायम गर्नुपर्नेछ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार फिल्म ‘लुथर’ अभिनेत्री रुथ विल्सनसहित अन्य अभिनेत्रीहरुले यो मापदण्डको स्वागत गरेका छन् । ‘जोकोही पनि काम गर्दा सुरक्षा चाहन्छन् । यो मापदण्डले त्यो सुरक्षालाई व्यवहारमा लागु गराउन ठूलो भूमिका खेल्नेछ’, उनले भनेकी छन् ।

टाइम्स अप सन् २०१८ मा स्थापित अभियान हो । यो अभियानमा मनोरञ्जन उद्योगका सोन्डा राइम्स, नाटाली पोर्टमेन र अमेरिका फेरारा जस्ता स्टार छन् । उनीहरुले मनोरञ्जन उद्योगमा हुने यौन दुराचारविरुद्ध आवाज उठाउने जनाएका छन् ।

यो अभियानले कलाकारहरुले अडिसन वा सुटिङमा नग्न, अन्तरंग र यौन दृश्य खिच्दा उनीहरुको अधिकारको विषयमा आवाज उठाउने गर्दछ ।

मापदण्डले कलाकारले फिल्मका लागि सम्झौता गर्दा फिल्ममा शरीरको कुन अंगमा छुनुपर्ने वा देखाउनुपर्ने भन्ने प्रष्ट उल्लेख गर्नुपर्ने सीमा तोकेको छ ।

फिल्ममा ‘बडी डबल्स’ दृश्य दिनुपर्ने अवस्थामा आए कलाकारले त्यसलाई अस्वीकार गर्ने वा ‘भिटो’ गर्न पाउने प्रावधान मापदण्डमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल