
काठमाडौंसहितका सहरमा शैक्षिक संस्था तीन साता बन्द गर्न सिफारिस
२८ चैत्र २०७७, शनिबार २१:३२
काठमाडौं । तीव्ररुपमा वृद्धि भइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता शैक्षिक संस्था बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको हो ।
उक्त बैठकले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न सुझाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि तीन साताका लागि शैक्षिक संस्था बन्द हुने भएका छन् ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीबारे छलफल भई आमरुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएकोसमेत बताएका छन् ।
सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।
पछिल्लो २४ घण्टामा देशभर ३३७ कोरोना भाइरस संक्रमित फेला परेका छन् । छिमेकी मुलुक भारतसहितका देशहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाल पनि जोखिममा परेको हो ।
नेपालमा कोरोनाको यूके भेरियन्ट देखा परेपछि संक्रमणको जोखिम बढेको विज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका