Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार
Pm office nepal mantriparishad

कोरोना संक्रमण बढेपछि सीसीएमसीले भन्‍यो – कडा कदम चाल्‍नुपर्ने हुनसक्छ

२८ चैत्र २०७७, शनिबार २१:३५

लोकप्रिय

काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौंलगायत सीमा नाका जोडिएका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले पनि सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३३७ कोरोना भाइरस संक्रमित थपिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिनसक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको हो ।

सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड–१९ संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपिल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपिल गर्ने निर्णय भएको बताए ।

यस्तै, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरिएको छ । सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेस्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी