Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

राष्ट्रपतिले बाँडेको विभूषणमा ‘चुच्‍चे नक्सा’ नभएकोबारे के भन्छ गृह मन्त्रालय ?

२८ चैत्र २०७७, शनिबार २१:३९

लोकप्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रिय जीवनका विभिन्‍न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्दै प्रदान गरेको विभूषणमा नेपालको ‘चुच्‍चे नक्सा’ नभएको भन्दै आलोचना भएपछि गृहमन्त्रालयले स्पष्टिकरण दिएको छ ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।

सुशोभन भएको विभूषणमा अंकित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले घोषणाको तयारी र वितरणको प्रस्तावित समय रहेका बेलाको नेपालको आधिकारिक नक्सा नै विभूषणमा अंकित भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विसं २०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयारी गरिएको भए पनि कोभिड–१९ का कारण २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकाले हालै मात्र उक्त सुशोभन भएको मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेको विभूषणमा लिम्पियाधुरा तथा लिपुलेक समावेश नभएको र पुरानै नक्सा रहेको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा