Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

माग्ने बुढा र म ‘टु–इन–वान’ : दीपकराज गिरी

२८ चैत्र २०७७, शनिबार २२:३७


काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले केदार घिमिरे (माग्ने बुढा)लाई नाम अनुसारको स्वाभाव नभएको बताएका छन् । नाम माग्ने बुढा भए पनि प्रायः मलाइ यस्तो चाहियो भनेर कहिल्यै नमाग्ने स्वाभाव रहेको भन्दै दीपकले ‘अरूका पोल्टामा यति पर्यो मलाई पनि चाहियो भनेर माग्ने स्वाभाव केदारमा नरहेको बताएका छन् ।

“हरेक वर्ष केही लेख्नु पर्छ । तर, शब्दहरू सकिँदैनन् । किनकी हाम्रो सहयात्रा लगभग एक दशक लामो भइसकेको छ । आरोह, अबरोह, गतिरोधका ज्वारभाटाहरू नझेलेका पनि होइनौं । तर, हाम्रो मित्रता र सहयात्राको रथले आफ्नो गति कहिल्यै छाडेन । पेशामा हुने अस्वस्थ प्रतिस्पर्धाका हावाहरूले हाम्रो मित्रताको बृक्षका हाँगाहरू कहिल्यै हल्लाउन सकेनन्,” केदारको जन्मदिनको अवसरमा शुभकामना दिँदै दीपक लेख्छन्, “वाह्य दूषित हल्ला र ध्वनि प्रदूषणले मित्रताको स्वास्थ्यमा पनि असर गरेन । चलचित्रका पर्दामा मेरो साथी । र ब्यक्तिगत रूपमा मेरो भाइको रूपमा भगवानले दिएको टु–इन–वान उपहार हो । आज यही प्रिय पात्रको जन्मदिनको उपलक्ष्यमा मुरी–मुरी शुभकामना !”

दीपक र केदार लामो समयदेखि चलचित्रमा सहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज