
निजी क्षेत्र सम्मानित हुँदै गए मात्र सम्मुन्नति पनि संगसंगै आउँछ : अध्यक्ष गोल्छा
२८ चैत्र २०७७, शनिबार २२:४७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” ले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए ।
उनले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गरे । उनले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिए ।
उनले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, “म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु , व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो