
बैंकहरुले शनिबार र सार्वजनिक बिदाको दिन पनि काउन्टर खोल्नुपर्ने
२८ चैत्र २०७७, शनिबार २२:५१
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार र सार्वजनिक बिदाको दिन पनि काउण्टर खोल्न बैंकहरूलाई निर्देशन दिएको छ । चैत मसान्तको राजस्व उठाउनुपर्ने भन्दै केन्द्रीय बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो ।
राजस्व तिर्ने सेवाग्राहीलाई बैंक बन्द हुँदा हुनसक्ने असहजतालाई मध्यनजर गर्दै त्रैमासको अन्तिममा २५ गतेदेखि मसान्त सम्म बिदा वा शनिबार भए पनि राजस्व संकलन गर्ने शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।यस्तै नेपाल राष्ट्र बैंक चेक क्लियरिङ गर्ने प्रयोजनका लागि सबै बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउस पूर्णरूपमा खुल्ला गरेर राजस्व बुझ्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
सरकारले राष्ट्र बैंकलाई बैंकको शाखा खोलिदिन आग्रह गरेपछि २०७५ असार २६ देखि नै प्रत्येक त्रैमासमा बिदाका दिन पनि शाखाहरु खुल्न थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो
जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं
तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि