Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

आर्थिक रुपान्तरणको कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक : चन्द्रप्रसाद ढकाल

२८ चैत्र २०७७, शनिबार २३:००


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउदै सम्मृद्ध मुलुक निर्माणका लागि महासंघको भिजन पत्रको रुपमा आएको आर्थिक रुपान्तरण २०३०ले महत्वपुर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

उनले महासंघले तयार गरेको आर्थिक रुपान्तरण २०३० कार्यान्वयनका लागि सरकार संगै सबै सरकोकारित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा आफुहरुले दिने सुझावलाई सरकारले सकारात्मक रुपमा लिने अपेक्षा आफुहरुले गरेको बताए ।

उनले भने, “कोभिड १९ ले पारेको प्रभाव र अर्थतन्त्रलाई चलायमा बनाउनका लागि महासंघले आर्थिक रुपान्तरण २०३० मार्फत प्राररुप तयार पारेको छ । यसलाई महासंघले भिजन पेपर पनि भन्ने गरेको छ । यसको कार्यान्वयनका लागि सरकार लगायत सबै निकायबीचको सहकार्य र समन्वयबाट मात्र संभव छ ।”

उनले कोभिड १९ का कारण पर्यटन, घरेलु, साना तथा मझौला उद्योग लगायत यातायात क्षेत्रमा ठूलो असर पुगेको र अहिले पनि जोखिम यथावत रहेकाले मानिसको स्वास्थ्य र अर्थतन्त्र दुवैलाई जोगाएर काम गर्नुपर्ने स्थितितर्फ सबैलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको