
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक सुरु
२९ चैत्र २०७७, आईतवार १७:०६
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सोमबार बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरु तय गर्न कांग्रेसको पदाधिकारी बैठक सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी छन् । यद्यपि, बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागि छैनन् ।
सभापति देउवा कार्यव्यस्तता र पौडेल उपत्यका बाहिर रहेका कारण बैठकमा उपस्थित हुन नसकेका बताइएको छ ।
बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहान्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवको उपस्थिति छ ।
यस्तै बैठकमा पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसी, केन्द्रीय सदस्यहरु एनपी साउद, डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम