बिट कोइन के हो?


subash Bhandari
सुबास भण्डारी

बिट कोइन के हो ? यसले कसरी काम गर्छ ? कहाँ राखिन्छ? यस्ता प्रश्नहरुले तपाईको मनमा विभिन्न किसिमका प्रश्नहरु छन होला । २१ औ शताब्दीको समयमा इन्टरनेटको माध्यमबाट सबैको जिबन सरल बन्दै गएको छ । कुनै पनि सुचना प्राप्त गर्न, सामानहरु खरीद बिक्री गर्न, टिकट बुकिङ्ग तथा अन्य कार्यको लागि इन्टरनेटको प्रयोग ब्यापक रुपमा बढिरहेको छ । घरमै बसि आर्थिक उर्पाजनका कार्यहरुमा समेत इन्टरनेटको माध्यले महत्वपुर्ण भुमिका खेलिरहेको छ । त्यस्तै इन्टरनेटको मद्दतबाट पैसा कमाउने एक उपाय मध्ये बिट कोइन पनि एक हो ।

तपाईहरु मध्ये कतिलाई त थाहा पनि छ होला बिट कोइनको बारेमा , यदि थाहा पाउनु भएको छैन भने आज यसैको बारेमा केही जानकारी बाडौ न ।

बिट कोइन एउटा र्भचुअल करेनसी हो । बिभिन्न मुद्रा जस्तै रुपैया, डलर, युरो इत्यादी जस्तै बिट कोइन पनि एक डिजिटल मुद्रा हो । तर अन्य मुद्रा भन्दा यो धेरै नै भिन्न छ , किनकी यो अदृश्य छ, जसलाई हामी छुन सक्दैनौ, अन्य मुद्रा जस्तो यसलाई खल्तीमा राख्न, पट्याउन सकिदैन । यसलाई हामी मात्र अनलाइन खल्तीमा जम्मा गरेर राख्न मात्र सक्छौ । यसको भौतिक रुप हुदैन । बिट कोइनको आविष्कार सन २००९ मा सातोसि नाकारोटोले गरेका थिए । त्यस बेला देखिनै यसको लोकप्रियता बढिरहेको छ । यो मात्र एक यस्तो मुद्रा हो जसलाई कुनै सरकार अथवा बैङ्कले नियन्त्रण गरेको छैन । यो कुनै सरकारको अधिनमा पनि छैन र यो मुद्राको कोही मालिक पनि छैन । हामीले इन्टरनेटको प्रयोग गर्छौ तर त्यसको मालिक कोइ हुदैन, त्यस्तै बिट कोइन पनि प्रचलनमा रहन्छ तर मालिक कोइ हुदैन्न् ।

यो कसरी पाइन्छ ?
बिट क्वाइन हासिल गर्नका लागि तीन मुख्य तरिका छन् । पहिलो यसलाई सक्कली पैसाले किन्न सकिन्छ, दोस्रो उत्पादन वा सेवाको बदलामा बिटक्वाइन हासिल गर्न सकिन्छ र तेस्रो नयाँ आफ्नै भर्चुअल मुद्रा भएको कम्पनी खरिद गर्न सकिन्छ ।नेपाल सरकारले बिट कोइनबाट कारोबारको मान्यता दिएको छैन । तर अन्य विभिन्न देशहरुमा यसको प्रयोग बढ्दो छ ।
बिटकोइनको प्रयोग किन गरिन्छ ?
बिटकोइनको प्रयोग अनलाइन भुक्तानीको लागि प्रयोग गर्न सकिन्छ । यो एभभच तय उभभच लभतधयचप दबकभम भुक्तानीमा प्रयोग गरिन्छ । जसको अर्थ हुन्छ कि कुनै पनि कम्पनीको माध्यम (बैङ्क, क्रेडिट कार्ड) को माध्यम बिना सिधा कारोबार हुन्छ । आजभोलि बिभिन्न उद्योगी, गैरनाफामुलक संस्थाहरुमा समेत प्रयोग भएको पाईन्छ । जस्ले गर्दा यसको विश्व जगतमा प्रयोग बढिरहेको छ ।
जब कुनै अन्य मुद्राको प्रयोग गरिन्छ तब त्यसको रेकर्डहरु बैङ्कको खातामा रहन्छ, जसबाट के मा खर्च भएको जानकारी रहन्छ तर बिटकोइनको कुनै मालिक नहुने हुदा यसबाट गरिएको खर्च व्यत्तिगत खातामा नभई सामुहिक खातामा रेकर्ड हुन्छ जसलाई बिटकोइन ब्लकचेन भनिन्छ । जसमा बिटकोइनबाट गरिएका कारोबारको सम्पुर्ण जानकारी सुरक्षित रहन्छ ।

बिटकोइनको कति छ त मुल्य
बिटकोइनको मुल्य प्राय निश्चित हुदैन । यसको मुल्य प्राय बढिरहन्छ किनकी यसलाई नियन्त्रण गर्ने कुनै आधिकारीक निकाय छैन । तरपनि माग र पुर्तिको आधारमा यसको मुल्य घट्ने बढने हुन्छ ।आजको मितिमा एक बिट कोइन बराबर ३२०९ डलर रहेको छ ।

बिटकोइन वालेट के हो ?
बिटकोइनको कुनै भौतिक रुप हुदैन, त्यसैले यसलाई राख्नको लागि अनलाइन खाताको आवश्यकता पर्दछ । बिटकोइन वालेट बिभिन्न प्रकारका हुन्छन् जस्तै डेस्टप वालेट, मोवाइल वालेट, अनलाइन बेस वालेट, हार्डवर्यर वालेट । यस मध्ये कस्तो किसिमको वालेट बनाउने हो, जसमा एउटा खाता बनाउनु पर्दछ । जसमा एउटा ठेगानाको रुपमा एउटा आइडि दिन्छ । यदि तपाईको खातामा बिट कोइन जम्मा गर्नु पर्यो भने त्यस आइडिबाट जम्मा गर्न सक्नु हुनेछ । यदि बिट कोइन बेच्नु परेमा पनि त्यो आइडि मार्फत बेच्न सकिन्छ र त्यसबाट प्राप्त रकम तपाईको बैङ्क खातामा बिटकोइन वालट बाटै जममा हुन्छ ।

बिटकोइनको प्रयोगका फाइदाहरु

  •  यसमा ट्रान्जेसन फि Credit Card  र Debit कार्डमा भन्दा कम लाग्छ
  • दुनियाको कुनैपनि ठाँउमा पैसा पठाउन सकिन्छ ।
  • यसमा अरु कार्ड जस्तो ब्लक हुने समस्या हुदैन ।
  • दिर्घकालिन लगानी गर्नको लागि निकै फाइदा जनक हुन सक्छ । किनकी यसको मुल्य बढिरहेको हुन्छ ।

यसका बेफाइदाहरु

  • यसलाई नियन्त्रण गर्नु निकाय नभएको हुदाँ उतारचढाव आउन सक्छ जुन धेरै जोखिमपुर्ण हुन्छ ।
  • यदि तपाईको खाता ह्याक भयो भने तपाईले फिर्ता पाउन मुस्किल हुन्छ ।
  • नेपाल लगायत केही देशहरुमा बिट कोइनको प्रयोग गैरकानुनी मानिएको छ ।

 


Loading comments...