
भारतद्वारा कोरोनाविरुद्ध प्रभावकारी औषधि ‘रेम्डेसिभिर’ निर्यातमा रोक
३० चैत्र २०७७, सोमबार ०३:३५
नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरसको संक्रमणविरुद्ध प्रभावकारी मानिएको रेमडेसिभिरको खोप र औषधि निर्यातमा रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले रेम्डेसिभिर निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि रेमडिसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ । यसले गर्दा कोरोना बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर इन्जेक्सनको माग ह्वात्तै बढेको छ । आगामी दिनमा यो माग अझै बढ्नेछ देखिन्छ ।”
भारतमा विगत केही दिनयता संक्रमण तीव्र बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८०० भन्दा बढीको मएत्यु भएको छ ।
“यी सबै कुरालाई ध्यानमा राख्दै भारत सरकारले परिस्थितिमा सुधार नआउन्जेल रेमडेसिभिर इन्जेक्सन र रेमडेसिभिर भएका औषधिजन्य पदार्थको निर्यातमा रोक लगाएको छ,” मन्त्रालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
भारतमा सात कम्पनीले रेमडेसिभिर उत्पादन गरिरहेको र तिनले मासिक ३८.३८ लाख भाइल उत्पादन गर्ने गरेको समेत मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी मन्त्रालयले बजारमा रेमडेसिभिरको आपूर्ति सहज बनाउन सबै कम्पनीलाई उक्त औषधि वितरकहरुको विवरण वेबसाइटमा राख्न पनि निर्देशन दिएको छ ।
सन् २०२० मा पनि भारतले कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेका समयमा रेम्डेसिभिर औषधि निर्यातमा रोक लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या