
ह्याकरद्वारा ५३ करोड बढी फेसबुक प्रयोगकर्ताको विवरण लिक
३० चैत्र २०७७, सोमबार ०३:४९
वासिङ्टन । एउटा लो लेभल ह्याकिङ फोरमका ५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ ।
शनिबार लिक गरिएको सो विवरणमा १०६ देशका ५३ करोड ३० लाख बढी प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, जन्म मिति, इमेल लगायतका सुचनाहरु सार्वजनिक गरिएको छ । ती मध्ये ३ करोड २० लाख अमेरिका, एक करोड १० लाख बेलायत र ६० लाख प्रयोगकर्ता भारतका रहेका बिजनेश इन्साइडरले जनाएको छ ।
पहिचान भएका केही व्यक्तिको विवरण लिक भएको डाटासँग परीक्षण गर्दा मेल खाएको समाचारमा जनाइएको छ ।
सो डाटा केही असुरक्षाका कारण स्क्याप गरिएको उल्लेख गर्दै फेसबुकका एक प्रवक्ताले सन् २०१९ मै सो समस्याको समाधान गरिसकेको दाबी गरेका छन् ।
यद्यपी सो डेटाले साइबर अपराधीहरुलाई निकै उपयोगी सूचनाहरु प्रदान गर्नसक्ने साइबरक्राइम इन्टेलिजेन्स फर्म हड्सन रकका सीटीओ एलन गलले बताए ।
“फेसबुकका धेरै प्रयोगकर्ताको निजी जानकारी भएको यो आकारको डाटाबेस खराब व्यक्तिको पहुँचमा छ भने यसले पक्कै पनि ह्याकिङ वा सामाजिक बनोटमाथि आक्रमण हुनसक्छ,” गलले भने ।
गलले नै गएको जनवरीमा लिक भएको डाटाको विषयमा जानकारी पाएका थिए । अहिले सो डाटा ह्याकिङ फोरममा निशुल्क रुपमा उपलब्ध गराइएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ